भैरहवामा नियमित उडान गर्न थप एक वायुसेवा तयार, चारवटा एयरलाइन्सले उडान गर्दै
‘विन्टर सिजन’सँगै भैरहवास्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न चारवटा वायुसेवा तयार भएका छन् । यसमध्ये १२ कार्तिकदेखि जजीरा एयर, २३ कार्तिकदेखि थाई एयर एसिया र २४ कात्तिकदेखि फ्लाई दुबइले नियमित उडान गर्दै छन् । नेपाल वायुसेवा निगमले पनि हरेक मंगलबार भैरहवामा नियमित उडान गरिरहेको छ ।
काठमाडौं । भैरहवास्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न थप एक विदेशी वायुसेवा तयार भएको छ ।हालसम्म तीनवटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्न दिएको तालिकामा थप एक वायुसेवा थपिने करिब निश्चित भएको छ ।
भैरहवा विमानस्थलमा भाेलि १२ कात्तिकदेखि कुवेतबाट आउने जजीरा एयरलाइन्सले नियमित उडान सुरु गर्दै छ । याे वायुसेवासँगै नोभेम्बर ९ (कात्तिक २४)बाट दुबई–भैरहवा–काठमाडौं–दुबई गन्तव्यमा फ्लाई दुबइले दैनिक एक उडान गर्ने भएको छ ।
हाल नेपाल वायुसेवा निगमले हरेक साेमबारकाे उडान मलेसियाबाट फर्केर आउँदा मंगलबार भैरहवा हुँदै आउने गरेकाे छ । याे सँगै अब २३ अक्टोबर ( कार्तिक ८ )बाट थाई एयर एसियाले उडान गर्ने भएको छ ।
एयर एसियाले साताम २ वटा उडान गर्न तालिका पेश गरेको छ । याे वायुसेवाले पेश गरेको तालिका अनुसार विहान १२ः१५ मा आएर १ः१५ मा जाने भएको छ । यसले तत्काल सातामा २ उडान गर्ने र थप उडान बढाउँदै सातामा ४ वटा पुर्याउने बताएको छ । एयर एसियाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भैरहवाको लागि सातामा ४ वटा उडान गर्ने अनुमति पाएको छ । २ वटा उडान सुरु गर्दै थप २ वटा बढाउने पनि यो वायुसेवाको योजना छ ।
एयर एसियाले वायुेवाले उडान तालिका पेश गरेकाे भएपनि स्वीकृत भने भइसकेकाे छैन् । सम्बन्धित वायुसेवाले पेश गरेकाे उडान तालिका अनुसार नै उड्डयन प्राधिकरणले स्वीकृत गर्न सक्ने पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेनद्र भुलले बताए ।
आज (२७ अक्टोबर)बाट वायुसेवा कम्पनीले नयाँ उडान तालिका स्वीकृत गराएर उडान गर्नुपर्ने ‘विन्टर सिजन’ सुरु भएकाे छ । याे सिजन सुरु भएसँगै सबै वायुसेवाले नयाँ सिजनको लागि तालिका स्वीकृत गराएर उडान सुरु गरेका छन् । याे सिजनसँगै काठमाडौं बाहिर जान उड्डयन प्राधिकरणले गरेको बाध्यकारी व्यवस्थासँगै भैरहवाबाट उडान गर्ने अन्तराष्ट्रिय वायुसेवाको संख्या बढ्दै जान थालेका छन् ।
कार्तिक २३ बाट ट्याक्सी वे मर्मतका क्रममा रातैभरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदै छ । रातिकाे समयमा हुने उडान बन्द र विहान ढिलो विमानस्थल खुला हुने भएकोले त्यसकाे चाप मिलाउन नागरिक उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थबाट हुने उडान अवतरणका ४० प्रतिशत तालिका कटौती गर्न सम्बन्धित वायुसेवालाइ परिपत्र गरेकाे छ । साेही अनुसार काठमाडौं बाहिर पाेखरा वा भैरहवा जान सम्बन्धित वायुसेवालाई प्राधिकरणले आग्रह पनि गर्दै आएको थियाे । साेही अनुसार विदेशी वायुेवा भैरहवा जान तयार भएका हुन् ।
भाेलिबाट सुरु हुने कुवेत एयरलाइन्सले भने मंगलबार, विहीबार र शनिबार विहान साढे ७ बजे भैरहवा अवतरण गर्ने छ । भैरहवाबाट साढे ८ बजे कुवेत फर्कने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको हो ।
दुबईबाट आउने फ्लाई दुबई भने नेपालमै पहिलोपटक (आठौं ट्राफिक स्वतन्त्रता) एटफ्रिडमसहित उडान गर्ने छ । एउटा देशको वायुसेवा अर्को देशमा गएर एउटा विमानस्थलबाट अर्को विमानस्थलमा उडान गर्नुलाई उड्डयन क्षेत्रमा एटफ्रिडम भनिन्छ।
प्राधिकरणको आग्रह र ट्याक्सी वे मर्मतका क्रममा काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएपछि बाध्य भएर विदेशी वायुसेवाले पहिलोपटक काठमाडौं बाहिर नियमित उडान गर्न तयार भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार २७ सेप्टेम्बर (११ कात्तिक)बाट सुरु हुने विन्टर सिजनदेखि विदेशी वायुसेवा काठमाडौं बाहिरबाट उडान गर्न तयार हुँदै धमाधम अनुमति लिन थालेका हुन् । थप विदेशी वायुसेवाको पनि चासो देखिएको भएपनि उडान अनुमति भने लिएकै छैन् ।
फ्लाई दुबई दुबईबाट दिउँसो १ः४५ मा भैरहवा विमानस्थलमा अवतरण गर्ने गरेर काठमाडौं विमानस्थलमा ३ः३० मा अवतरण गर्ने छ । काठमाडौंमा यात्रु ओराल्ने र राख्ने गरेर यो वायुसेवा काठमाडौंबाट साढे ४ बजे दुबईका लागि उड्ने गरी अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यो वायुेवाले आगामी नोभेम्बर ९ (कात्तिक २४)बाट दुबई–भैरहवा–काठमाडौं–दुबई गन्तव्यमा दैनिक एक उडान गर्ने भएको छ ।
एयर अरेबियाले पनि भैरहवाबाट उडान गर्न आन्तरिक तयारी गरिरहेको छ । यो वायुेवाले भने प्राधिकरणसमक्ष उडान तालिका पेश भने गरिसकेको छैन । काठमाडौं विमानस्थलको चाप घटाउने क्रममा अरु अन्तर्राष्ट्रिय उडानका वायुसेवाले समेत योजना र उडान तालिका पेश गर्ने क्रम जारी रहेकोले थप वायुसेवाले काठमाडौं बाहिरको विमानस्थलबाट सेवा दिने भएको प्राधिकरणको भनाइ छ ।