आज पनि पोखरामा रास्वपाको प्रदर्शन (लाइभ)



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पोखरामा आज पनि प्रदर्शन सुरु गरेको छ ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपा नेता कार्यकर्ता आन्दोलित भएका छन् । कास्की प्रहरीले आइतबार छानबिनका लागि ६ दिनको समय अदालतबाट पाएको छ ।

पोखराको सहिद चोकमा जारी प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुले संवोधन गरिरहेका छन् ।


क्लिकमान्डु