‘सुरक्षित हवाई उडान गर्न दुर्गम क्षेत्रमा हेलिको उल्लेख्य भूमिका’



काठमाडैं । सुरक्षित हेलिकप्टर तथा हवाई उडान गर्न प्राथमिकता साथ राज्यले काम गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बताए । उनले भने ‘सडक यातायात नपुगेको दुर्गम हिमाली क्षेत्रमा सेवा दिनमा हेलिको भूमिका सह्राहनीय छ ।’
सोमबार राजधानीमा भएको हवाई उड्डयन सम्बन्धि एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने ‘नेपालको भौगोलिक अवस्थितिको कारण धेरै ठाउँमा सरकारले चाहेर पनि सडक यातायात पुर्याउन नसक्ने अवस्था छ । त्यो ठाउँमा पुग्ने यातायातको साधन भनेकै हेलिकप्टर भएकोले यसको सुरक्षाका लािग राज्यले प्राथमिकता दिएर काम गरिरहेको छ ।’ उनले राज्यले हेलिप्टरलाई सुरक्षित उडान गर्ने विषयमा राज्य सधै प्रतिवद्ध रहेको पनि बताएका छन ।

नेपालको हवाई क्षेत्रको थप प्रभावकारिताको लागि थप गतिविधि आवश्यक भएको उक्त गोष्ठीलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पाण्डेले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदिप अधिकारीले हवाई सुरक्षाको लागि कुनै पनि सम्झौता नगर्ने बताएका हुन । उनले भने ‘हर हालतमा सेफ्टिको लागि म्यान, मेसिन र म्याथडसहितमा लगानी गर्न प्राधिकरण तयार छ ।’

युरोपेली युनियन (ईयू)को दक्षिण एसिया साझेदारी योजना अन्तर्गत युरोपेली युनियन सेफ्टी एजेन्सी (इयासा)र दक्षिण एसियाली मुलुकको नागरिक उड्डयनको नियामकबीच कोआर्डिनेस एण्ड सेप्रेसन गर्ने विषयमा एउटा योजना बनेको थियो । यही विषयमा छलफल गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक गोष्ठीको आयोजना गरेको छ ।

सोही योजनाको नियमित काम अन्तर्गत नेपालमा दक्षिण एयसियाका आठै सहभागिसहतिको गोष्ठी काठमाडौं भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार यसले मुख्यगरी नेपालको पर्वतीय क्षेत्रमा हेलिकप्टरको सञ्चालनका चुनौती के के छन भन्ने विषयमा नियामकीय गोष्ठी सुरु भएको हो ।

काठमाडौंमा भएको उक्त गोष्ठी संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल नागरिक उड्डयन प्राधिणकरणका उच्च स्तरका कर्मचारी, इयुको एम्बेस्डरसहितका प्रतिनिधि सहभागि छन् ।

नेपालको हवाई क्षेत्रको विकासका यस अघि नै नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकबाट वायुसेवा सञ्चाककलाई हटाएको छ भने उड्डयन प्राधिकरण सम्बन्धि दुईवटा विधेयक ल्याउने काम भइरहेको छ । यस्तो कार्यलाई नेपालको हवाई उड्डयनको क्षेत्रमा सकारात्मक काम मानिएको पनि उल्लेख छ ।


क्लिकमान्डु