विश्व बैंकबाट १३५ मिलियन डलर ऋणका लागि वार्ता टोली गठन गर्नेसहितका यी हुन् सरकारका २३ निर्णय
काठमाडौं । सरकारले विश्व बैंकबाट करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न टोली गठन गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको हो ।
विश्व बैंकबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिव २० अर्ब १२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
सरकारले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक पदमा आशिष गजुरेललाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सातौँ बैठकमा मन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।
बैठकले २३ वटा निर्णय गरेको छ ।