रास्वपाको प्रदर्शनमा प्रशासनले भिजिलान्ते पठाएको विराज भक्त श्रेष्ठको आरोप



काठमाडौं । सांसद विराज भक्त श्रेष्ठले रास्वपाको प्रदर्शन स्थलमा सत्ताको दुरुपयोग गरेर भिजिलान्ते पठाएको आरोप लगाएका छन् ।
पोखराको सहिद चोकमा जारी प्रदर्शनीका क्रममा श्रेष्ठले यस्तो आरोप लगाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको उपनेता समेत रहेका श्रेष्ठले प्रदर्शन स्थलमा उनले आन्दोलनमा प्रशासनले भिजिलान्ते पठाएर भडकाउने काम गरेको आरोप लगाए ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । आज म्याद थपका लागि कास्की जिल्ला अदालतमा लैजानका लागि रास्वपाका नेता कार्यकर्ताले अवरोध गरेका छन् ।


क्लिकमान्डु