सेयर बजारमा हरियाली कायमै, कारोबार रकम पनि बढ्यो



काठमाडौं । सेयर बजारमा आएको हरियाली कायमै छ । बजारमा आएको हरियालीले बजार करिब साढे २७ सय बिन्दु नजिक पुगेको छ ।

कारोबारको सुरुदेखि नै बजेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । तथापी बजारमा उतार चढाब भने निकै रह्यो । बजार मापन गर्ने सूचक ४३.२२ अंकले बढेर परिसूचक २७४२.८८ बिन्दु कायम भएको छ ।

यो दिन बजारसँगै कारोबार रकम समेत बढेको छ । ३२० कम्पनीको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर ५ अर्ब ६६ करोड २ लाख ३७ हजार ७३७ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिन २०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको घटेको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

यो दिन विजय लघुवित्त, इस्टर्न हाईड्रोपावर, समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावर, मिड सोलु हाईड्रोपावर, मिथिला लघुवित्त कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु