शिगेरु इसिवा जापानको प्रधानमन्त्रीमा निर्वाचित
एजेन्सी । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिवा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
जापानको संसदले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो । एलडीपीको नेतृत्वमा सत्तारुढ गठबन्धनले दुवै सदनलाई नियन्त्रण गर्ने भएकाले ६७ वर्षीय इसिबाले प्रतिनिधिसभामा ४६१ मतमध्ये २९१ र हाउस अफ काउन्सिलरमा २४२ मतमध्ये १४३ मत प्राप्त गरे ।
यस्तै उनले आफ्नो मन्त्रिपरिषद्मा १३ जना पहिलो पटक नियुक्ति, दुई जना पुनः नियुक्ति र अघिल्लो क्याबिनेट अनुभव भएका चार जना मन्त्रीहरु रहने बताएका छन् ।