सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ ।


क्लिकमान्डु