काभ्रेमा उद्धारको क्रममा ४ जनाको शव भेटियो, २ जनालाई अस्पताल लगियो



काठमाडौं । बाढीपहिरोबाट ठूलो क्षति पुगेको काभ्रेका विभिन्न गाउँबाट हेलिकप्टरबाट घाइतेको उद्धार गरिएको छ । आइतबार उद्धारको क्रममा केही व्यक्तिको शव भेटिएको छ ।

उद्धारको क्रममा आइतबार भुम्लु गाउँपापालिका र चौँरी देउराली गाउँपालिकाबाट दुई घाइतको उद्धार गरिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले तेमाल गाउँपालिकामा उद्धार भइरहेको छ । तेमालमा पहिरोमा पुरिएर १२ जना बेपत्ता भएका थिए । उनीहरुको उद्धारको क्रममा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । तेमालमा पहिरोले ठूलो क्षति पुर्‍याउँदा विद्युत सेवा पनि अवरुद्ध भएको छ ।

घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी धुलिखेलस्थित अस्पताल ल्याइएको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


क्लिकमान्डु