सहकारी ठग्ने ईमेजका अध्यक्षसहित २ जना सार्वजनिक, अर्बौं ठगी



काठमाडौं । ईमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ५१ वर्षका देव कुमार नेपालीसहित २ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

नेपाली र ईमेज सहकारी ठगीमा संलग्न ओम बहादुर नेपाली भन्ने ओम प्रसाद दर्जीलाई ब्यूरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आगमन पार्किङ एरियाबाट शनिबार पक्राउ गरेको जनाएको छ । नेपाली ईमेज बचत तथा ऋण सहकारी संस्था बाग्लुङ र पोखराका संस्थापक अध्यक्ष तथा सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि।पोखराका संचालक समितिका उपाध्यक्ष हुन् ।

यस्तै ५८ बर्षका ओम बहादुर नेपाली भन्ने ओम प्रसाद दर्जी पनि पक्राउ परेका छन् । बाग्लुङ जिल्ला साविक बुर्तिबाङ गाविस-१ हाल ढोरपाटन नगरपालिका-१ का दर्जी इमेज वचत तथा ऋण सहकारी संस्था बाग्लुङको ठगीमा संलग्न रहेको पाइएको छ ।

सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा प्रतिवादीहरूलाई पक्राउ गर्नको लागी बाग्लुङ जिल्ला अदालतबाट २०८० जेठ २४ गतेको पक्राउ अनुमति दिएको थियो । नेपालीलाई २०८० माघ १०गते रेड कर्नर नोटिस समेत जारी भएको थियो ।
उनीहरुलाई ५२ करोड २० लाख २७ हजार ५०६ रुपैयाँ बिगो दाबी गरिएको छ ।

ईमेज बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ बिगो दाबी गरेको छ ।
दर्जीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरी निज थप अनुसन्धानका आज जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाईएको छ ।


क्लिकमान्डु