मुद्दाका क्रममा फरार प्रतिवादी लेख्न नमिल्ने



काठमाडौं । कुनै पनि व्यक्तिलाई मुद्दाका क्रमको अनुसन्धानमा हिराशतमा नराखी अनुसन्धान भएकोमा अभियोजन गर्दा अभियोगपत्रका साथ उपस्थित गराउन नसके त्यस्ता व्यक्तिलाई फरार अभियुक्त भन्न नपाइने भएको छ ।

महान्यायाधिवक्ता रमेश बडाललेबडालले मातहातका सरकारी वकिल कार्यालयलाई फरार प्रतिवादी भन्ने वाक्यांशको सट्टामा ‘अनुपस्थित प्रतिवादी’ भनी उल्लेख गर्न निर्देशन दिएका छन् ।

मुद्दाको अनुसन्धानको क्रममा कुनै आशङ्कित उपर पक्राउ पूर्जी जारी नभएको वा अनुसन्धानको क्रममा हिराशतमा नराखी अनुसन्धान भएकोमा अभियोजन गर्दा त्यस्ता व्यक्तिलाई अभियोगपत्रका साथ उपस्थित गराउन नसकेकोमा अभियोगपत्रमा निजको हकमा फरार प्रतिवादी भन्ने वाक्यांशको सट्टामा ‘अनुपस्थित प्रतिवादी’ भनी उल्लेख गर्ने निर्देशन भएको छ ।

‘प्रहरी वा सरकारी निकायले बोलाएको बेलामा उपस्थित भएको छ, तर कुनै कारणवस एक दिन उपस्थित हुन सकेन भने फरार लेख्ने चलन छ,’ महान्यायाधविक्ता वडालले भने, ‘फरार शब्द लेख्नुभन्दा अनुपस्थित प्रतिवादी लेख्नु राम्रो हुन्छ, सुधारकै प्रयत्नका लागि यो गरिएको हो ।’


क्लिकमान्डु