सेयर बजार राताम्मे, अन्तिम मिनेटमा ६ अंकको सुधार



काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा भारी गिरावट आउँदा पनि अन्तिम एक मिनेटमा भने बजार करिब ६ अंकले बढेको छ ।

बजार मापन गर्ने सूचक ५९.०२ अंकले घटेर परिसूचक २५२९.३३ बिन्दु कायम भएको छ । ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा १४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

हिमालयन हाईड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, रावा इनर्जी, नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने गुडविल फाइनान्स, सिद्धार्थ फाइनान्स, इष्ट्रन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु