रविलाई पक्राउ गर्ने प्रहरी तयारी, रास्वपाले पार्टी कार्यालयमा बोलायो कार्यकर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा आउन भनेको हो ।
रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले कार्यालयमा उपस्थित हुन आग्रह गरेका स्रोतको भनाइ छ।
सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले रास्वपा सभापति लगायतलाई कारबाही सिफारिस गरेपछि गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले कार्यकर्ता बोलाएको हो ।