दुर्गा प्रसाईंलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले १० दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीको साइबर ब्युरोले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको थियो । प्रसाईंविरुद्ध रास्वपाकी एक केन्द्रीय सदस्यले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।


क्लिकमान्डु