काङ हाइड्रोपावरले निर्माण गर्ने माथिल्लो मैवा खोलाको पीपीए सम्पन्न                                         



काठमाडौं । काङ हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबिच माथिल्लो मैवा जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

आइतबार पीपीएमा हस्ताक्षर भएको हो । उक्त आयोजनाबाट १७.८५ मेगावाट विद्युत उत्पादन हुनेछ । 

ताप्लेजुङको मैवा खोला र मिरिङदेन गाउँपालिका भएर बग्ने मैवा खोलामा निर्माण हुने उक्त माथिल्लो मैवा जलविद्युत आयोजनाको निर्माण सम्झौतानुसार आगामी २०८६ आषाढ १ गते सम्पन्न भएर व्यापारिक उत्पादन सुरु हुने कम्पनीका प्रबन्ध निर्देशक तथा इन्जिनियर गणेश प्रसाद सुब्बाले बताए ।

आयोजना निर्माणका लागि आवश्यक पूर्वाधार बाटो, विद्युत निर्माण आयोजना स्थलमा पुगिसकेको सन्दर्भमा आयोजना निर्माण तत्काल सुरु भइ तोकेको समयभन्दा अगाडि नै सम्पन्न हुने समेत सुब्बाले बताए ।


क्लिकमान्डु