र्‍याडिसन होटलको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । र्‍याडिसन (ओरेन्टल) होटलले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने छ ।

कम्पनीले असोज २० गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज ७ गतदेखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज ६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु