लगानी बोर्डले पायो नयाँ सीईओ, एक सुशील गए अर्का सुशील आए



काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएका छन् । नेपाल पुनर्निर्माण प्राधिकरण पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञवाली नियुक्त भएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद वैठकले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट ज्ञवालीलाई सीईओ बनाएको हो । ज्ञवालीले विष्णु प्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगानालाई पछि पारेका हुन् ।

सिफारिस समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि सर्टलिस्टमा परेका पाँच जनासँग अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरेको थियो । उनीहरूको रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण, छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण मंगलबार दिउँसो ३ बजेदेखि भएको थियो ।

अन्तर्वार्तापछि समितिले सरकारलाई ३ जनाको नाम सिफारिस गरेकामा ज्ञवालीले बाजी मारेका हुन् । ज्ञवालीले प्राधिकरणको सीईओ रहेर सफल कार्यकाल पुरा गरेका थिए ।

यसअघि बोर्डको सीईओ सुशील भट्ट थिए ।


क्लिकमान्डु