सेयर बजारमा हरियाली, ८ अर्ब बढीको कारोबार

322
Shares

काठमाडौं । सेयर बजार पुनः लयमा फर्किएको छ । करिब एक सातापछि बजारमा हरियाली छाएको हो ।

बिहीबार बजार मापन गर्ने सूचक ७८.१७ अंकले बढेर परिसूचक २६८८.३८ बिन्दु कायम भएको छ । यो दिन बजार २.९९ प्रतिशतले बढेको हो ।

३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर ८ अर्ब १६ करोड ९२ ७४ हजार ६१२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको ३८.६०, विकास बैंक १४१.२२, वित्त ११२.५३, होटल १६७.४२, जलविद्युत १३५.०२, जीवन बिमा ४४१.२७, उत्पादन तथा प्रशोधन १५०.३४, माइक्रोफाइनान्स ८०.७२, निर्जीबन बिमा २६६.५६, अन्य ७६.३१, ट्रेडिङ समूहको २३.७९ अंकले बढेको छ ।

कारोबारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै एशियन हाईड्रोपावर, सिंगटी हाईड्रो इनर्जी, इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा बढेको छ । यस्तै थ्रिस्टार हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।