१२ सय जनालाई हजयात्रामा पठाइँदै, प्रतिव्यक्ति ४ लाख



काठमाडौं । नेपाल हज समितिले बढीमा १ हजार २ सय जनालाई हजयात्रामा पठाउने भएको छ । समितिले सन २०२५ को लागि साउदी अरबको मक्कामदिनामा लाग्ने धार्मिक मेलामा सहाभागी हुन आगामी वर्षको लागि १२ सय जनाको कोटा पाएको छ ।

यस्तो कोटमा बढीभन्दा बढी नेपाली मुस्लिम धर्मावलम्बी पठाउने तयारी गरेको छ । यस्तो लागि नेपाल हज समितिले गत साउन ३२ गतेदेखि २ महिनाको समय दिएर सार्वजनिक सूचना जारी गरिसकेको बताएको छ ।

हज समितिले बिहीबार गरेको पत्रकार सम्मेलन मार्फत साउदीको जेद्दामा हुने उक्त मेलाको लागि करिब ४ लाख रुपैयाँ प्रति व्यक्ति लाग्ने बताइएको छ । यस्तो रकम दुइतर्फी हवाई टिकट, होटल बसाइ, मक्का-मदिनासम्म आउने-जाने सवारी सुविधासहितका सुविधा दिइने पनि नेपाल हज समितिका अध्यक्ष इस्रा मुल्ला मियाले बताए ।

उनका अनुसार गत वर्ष ७ सय ६४ जनालाई पठाउन सकिएकोले यो वर्ष पनि सोही वा सो भन्दा बढीलाई पठाउने तयारी छ । समितिले इच्छुक व्यक्तिबाट आवेन मागेकोले हवाइ टिकटमा गरिने कम भन्दा कम पैसाको टेण्डरपछि लागत तयार हुनेछ । यो वर्ष गत वर्षभन्दा कममा लगेर ल्याउन सकिने विषयमा तयारी भएको पनि बताइएको छ ।


क्लिकमान्डु