रुग्ण आयोजना बनाउँछौं: भौतिकमन्त्री दाहाल



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रियसभामा विभिन्न मितिमा सांसदहरुले उठाएका प्रश्नको मङ्गलबार जवाफ दिने क्रममा उनले रुग्ण ठेक्का व्यवस्थापन गर्न आफू नेतृत्वको मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा अध्ययन भइरहेको बताए ।

त्यस्ता आयोजनाको समस्या समाधानका लागि सुझाव दिन निर्माण व्यवसायी महासङ्घलाई पनि अनुरोध गरिएको उल्लेख गर्दै मन्त्री दाहालले अध्ययन प्रतिवेदन प्राप्त भएपछि आवश्य निर्णय हुने जानकारी दिए ।

देशभर करिब पाँच हजार किलोमिटर सडक मर्मतका क्रममा रहेको जानकारी दिँदै उनले सबै सडकलाई खाल्डाखुल्डीरहित बनाउने योजना रहेको बताए ।

यस्तै सवारी चालक अनुमतिपत्र वितरणमा समस्या भएको स्वीकार गर्दै मन्त्री दाहालले समाधानका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको पनि बताए । चाँडै नै सवारी चालक अनुमतिपत्र प्रदेशस्तरबाट नै वितरण गरिने उनको भनाइ थियो ।

साथै मन्त्री दाहालले प्रधानमन्त्रीका तर्फबाट महान्यायाधिवक्ताको प्रतिवेदन २०७९/८० पनि पेस गरेका थिए ।


क्लिकमान्डु