श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण, जहाजकाे निरीक्षण हुँदै




काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको छ ।

श्री एयरलाइनसको उडान नम्बर १२१ को जहाज काठमाडौंबाट सुर्खेत उडान इमरजेन्सी घोषणा तथा डाईभर्ट गरि काठमाडौं अतवरण गराएको हो । जहाज अवतरण पछि रनवेमै केहीबेर रोकिएको थियो । जहाजको नोज ल्याण्डिङ गियर समस्या रहेको इन्डिकेटरले देखाएको थियो।

श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरका अनुसार जहाजको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौंमा थप सुरक्षाको लागि फर्काइएको हो । उक्त जहाजका यात्रुलाई अर्को विमानमा राखेर पठाइएको र समस्या देखिएको जहाजको आवश्यक निरीक्षण भइरहेको पनि मानन्धरले बताए ।

यो जहाजमा प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।

जहाज अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु