बुद्धभूमि हाइड्रोपावरको लक-इन अवधि सकिँदै



काठमाडौं । बुद्धभूमि हाइड्रोपावर कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कम्पनीका कर्मचारीहरूको लक–इन अवधि एक महिना पछि खुल्ने भएको छ ।

कम्पनीले २०७८ असोज २२ गते सेयर बाँडफाँट गरेको थियो । सेयर बाँडफाँट गरेको मितिले ३ वर्षसम्म लक–इन हुने गरेको छ । लक–इन असोज २१ पछि सकिने छ ।

कम्पनीले संस्थापक सेयरधनीहरुलाई २८ लाख कित्ता, स्थानीय बासिन्दालाका लागि ४ लाख कित्ता र कम्पनीका कर्मचारीका लागि १६ हजार कित्ता सेयर छुट्याएको थियो ।


क्लिकमान्डु