माण्डु हाइड्रोपावरको लाभांश घोषणा



काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले असोज १४ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् ।


क्लिकमान्डु