श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने मानुषीको विशेष प्रस्ताव पारित



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त सँग डिमर्ज हुने निश्चित भएको छ ।

शुक्रबार बसेको मानुषी लघुवित्तको विशेष साधारण सभाले डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

संस्थाले श्रृजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षमा नै सम्पूर्ण प्रक्रिया पुरा गरेको थियो । विशेष कारणबस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको थियो ।

संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि डिमर्ज गर्न लागेको संस्थाकी कार्यकारी प्रमुखले बताइन् । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरि मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको सेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।


क्लिकमान्डु