अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध



जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो खस्दा आज बिहानदेखि उक्त राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले बताए ।

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ सूचना अधिकारी जिटीले बताए । पानी पर्नेबित्तिकै कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो खस्ने गरेको छ ।


क्लिकमान्डु