अर्घाखाँचीमा पहिरोले पुरिएर एक जनाको मृत्यु



काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित पहिरोले एउटा गोठ भत्किँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहानैदेखि परेको वर्षासँगै पहिरो जाँदा शितगंगा नगरपालिका-१३ स्थित सिमलपानीमा स्थानीय विष्णु थापाको गोठ भत्किएको थियो ।

जहाँ भत्किन लागेको गोठबाट भैँसी फुकाउने क्रममा ३५ वर्षीय थापालाई पहिरोले पुरेको थियो । जिल्ला प्रहरी अर्घाखाँचीका अनुसार थापाको घटनास्थलमै मृत्यु भएको हो ।

पक्की पिलरसहितको दुईतले गोठ भत्किँदा त्यहाँ रहेका बाख्रा र भैँसीको पाडो समेत च्यापिएर मरेको जिल्ला प्रहरीले जनाएको छ ।


क्लिकमान्डु