सेयर बजारमा ४ मिनेट २७ सेकेन्डमै १ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा अत्यधिक मात्रामा कारोबार हुने क्रमले निरन्तरता पाएको छ । साताको पहिलो दिन बजार खुलेको ५ मिनेटभन्दा कम अवधिमा १ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो ।

कारोबार खुल्नेवित्तीकै दोस्रो बजारमा सेयरको अत्यधिक माग आएको छ । ४ मिनेट २७ सेकेन्डमै कारोबार रकम १ अर्ब नाघ्दा नेप्से ४०.०१ अंकले बढेको हो ।

यस क्रममा २१ लाख २७ हजार कित्ता सेयर किनबेच भएका छन् ।

गत बिहीबार एकैदिन २९ अर्ब ९५ करोडको कारोबार भएर रेकर्ड राखेको थियो । आइतबारको कारोबार ट्रेन्डले यो रेकर्ड तोडिने संकेत गरेको छ ।


क्लिकमान्डु