गठ्ठाघर दुर्घटना: स्कुटर चालकको पहिचान खुल्यो*



काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा परि ज्यान गुमाएकी स्कुटर चालकको पहिचान खुलेको छ ।

तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिसारेर लगेको थियो ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । ट्रक चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

* प्रहरीले दुर्घटनामा ज्यान गुमाउने सुष्मा नेपाली भनि सुरुमा जानकारी दिए पनि उनी प्रहरीको सम्पर्कमा आएको जनाएको छ।


क्लिकमान्डु