गठ्ठाघर दुर्घटनामा ज्यान गुमाएको भनिएकी सुष्मा नेपाली नै प्रहरी सम्पर्कमा आएपछि



काठमाडौं । बिहीबार गठ्ठाघर दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको खुलेको छ ।

यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको बताएको थियो । तर, सुष्मा नेपाली प्रहरी सम्पर्कमा आएपछि उनी नभएको खुलेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार उक्त शवको पहिचान अझै हुन सकेको छैन।

एक जना व्यक्तिले उक्त शव आफ्नो बहिनीको हो भन्दै प्रहरीकहाँ आएको उनले बताए। तर पछि सुष्मा नेपाली नै सम्पर्कमा आएपछि उक्त शव सुष्मा नेपालीको नभएको पुष्टि भएको हो।


क्लिकमान्डु