प्राकृतिक प्रकोपबाट प्रभावितलाई आईएमई लाइफद्वारा राहत सामग्री वितरण



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सद्वारा सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामग्री वितरण गरेको छ ।

विभिन्न क्षेत्र प्राकृतिक प्रकोपबाट प्रभावितलाई मंगलबार आवश्यक सामाग्री वितरण गरिएको हो ।

आईएमई लाइफ इन्स्योरेन्स स्थापनाको सातौं वर्ष पुरा गरेको अवसरमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।

नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणको उद्देश्यलाई आत्मसात गर्दै सो वितरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले टीकापुर नगरपालिका वडा नं. १, गणेशपुर स्थित बाढी पीडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ ।

त्यसैगरी काठमाडौं टोखास्थित विपद्को शिकार भएका परिवारहरुलाई कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई तथा ट्रेनिङ हेड सुनिल आचार्यको उपस्थितिमा राहत सामग्रीहरु वितरण गरेको छ । साथै, धरान उपमहानगरपालिकको सम्पूर्ण वडाका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य बीमाका प्रतिनिधिहरुकालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।


क्लिकमान्डु