एनसेलको सेवा अबरुद्ध, कारण के हो ?



काठमाडौं । दुरसञ्चार सेवा प्रदायक एनसेलले प्रवाह गर्दै आएका सेवा अबरुद्ध भएका छन् । कम्पनीले प्रवाह गर्दै आएका मोबाइल फोन, एसएमएस, इन्टरनेटलगायत सेवामा समस्या देखिएको हो ।

सोमबार दिउँसो ३ः४८ बजेबाट कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको कम्पनीले जनाएको छ । सामाजिक सञ्जालमा ‘अत्यन्तै जरुरी सूचना’ प्रकाशन गर्दै एनसेलले अबरुद्ध सेवा यथासक्य चाँडो नियमित गर्ने काम भइरहेको पनि बताएको छ ।


क्लिकमान्डु