एक वर्षमा ८.६७% ले बढ्यो पोलिसी सरेन्डर, कुन कम्पनीमा कति?



काठमाडौं । एक वर्षमा बिमाको पोलिसी सरेन्डर गर्ने क्रम ८.६७ प्रतिशतले बढेको छ।

बिमा प्राधिकरणकाअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म १४ अर्ब ५० करोड १२ लाख ७७ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बिमा क्षेत्रमा १३ अर्ब ३४ करोड ३३ लाख ७१ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको थियो ।

रकममा सरेन्डर ८.६७ प्रतिशतले बढ्दा संख्यात्मक रुपमा १७.५७ प्रतिशतले बढेर गत आवको असार मसान्तसम्म १ लाख १३ हजार ९७६ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ९६ हजार ९३८ वटा पोलिसी सरेन्डर भएको थियो ।

अघिल्लो असारको तुलनामा गत असारमा रकम र संख्या दुवै बढेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित छन् भने सबैभन्दा कम पोलिसी सरेन्डर गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्सका बीमित छन् ।

नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसीमध्ये २८ हजार ६२७ वटा बीमालेखबापत ४ अर्ब ४१ करोड ३९ लाख १२ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ । यस्तै सन नेपाल लाइफको बीमा पोलिसीमध्ये ६८२ बीमालेखबापत ६ करोड ६२ लाख रुपैयाँको पोलीसी सरेन्डर भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको बीमा पोलिसीमध्ये ३० हजार ३०९ बीमालेखबापत ४ अर्ब ३० करोड ३७ लाख ५ ३ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

राष्ट्रिय बीमा संस्थानको १३ हजार ९४१ वटा बीमालेखबापत १ अर्ब १० करोड ४८ लाख ८२ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ । नेसनल लाइफको ७ हजार ५ सय बीमालेखबापत १ अर्ब १ करोड ८० लाख ३९ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको ७ हजार ८१० बीमालेखमार्फत १ अर्ब २ करोड ९५ लाख ४ हजार रुपैयाँ सरेन्डर भएको छ । एसियन लाइफ इन्स्योरेन्सको ७ हजार १७१ बीमालेखबापत ५५ करोड ६३ लाख ५६ हजार रुपैयाँ, मेट लाइफको ४ हजार १०३ बीमालेखबापत ४३ करोड २८ लाख १२ हजार रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको १ हजार ४२५ बीमालेखबापत १३ करोड ६६ लाख ६४ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणका अनुसार रिलायबल नेपाल लाइफको १ हजार ४७४ बीमालेखबापत ९ करोड ४ लाख १७ हजार, सिटिजन लाइफको २ हजार ६५१ बीमालेखबापत १७ करोड ३३ लाख ३६ हजार रुपैयाँ, सूर्याज्योति लाइफको ५ हजार २७४ बीमालेखबापत ७१ करोड ४१ लाख ३३ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ हजार ७२८ बीमालेखबापत २४ करोड ८्र६ लाख १४ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको १ हजार २८१ बीमालेखबापत २१ करोड २६ लाख ४७ रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

जीवन बीमा गरेर अवधि नपुग्दै बीचमै पोलिसी रोक्नु नै पोलिसी सरेन्डर हो । तोकिएको अवधिका लागि खरिद गरेको पोलिसी परिपक्व हुन नपाई पोलिसी बन्द गर्दा सरेन्डर हुने गर्छ ।

पोलिसी सरेन्डर हुनुको मुख्य कारण आर्थिक संटकलाई लिइएको छ । आर्थिक संकटका कारण बीमितले आफूले खरिद गरेको पोलिसीलाई सरेन्डर गर्ने गरेको बिमकहरु बताउँछन् ।

हाल प्राधिकरणद्वारा जारी निर्देशिकाअनुसार बीमितले ३ वर्षसम्म पोलिसी सरेन्डर गर्न पाउँदैनन् । उक्त व्यवस्था हुनुअघि बीमितले बीमालेख खरिद गरेको १ वर्षपछि बीमालेख त्याग गर्न सक्थे ।

निर्देशिकामा बिमा पोलिसी समर्पण मूल्यसमेत निर्धारण गरिएको छ । बीमितलाई बीमा पोलिसी सरेन्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी दिनुपर्ने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकमसमेत जोडिने व्यवस्था छ ।


क्लिकमान्डु