सेयर बजारमा उछाल आउँदा यी हुन् मूल्यमा सकारात्मक सर्किट लागेका ७ कम्पनी



काठमाडौं । सेयर बजारमा उछाल आउँदा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सोमबारको कारोबारमा सूर्यज्योती लाइफ इन्स्योरसेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाईड्रोपावर, रसुवागढी हाईड्रोपावर, स्वेतगंगा हाईड्रोपावर एण्ड कन्ट्रक्सन कम्पनी, शुभ पावर, भिजन लुम्बिनी उर्जा विकास कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै सकारात्मक सर्किट तहमा ६ वटा कम्पनीको कारोबार भएको छ । सगरमाथा जलविद्युत कम्पनी, हिमाल दोलखा हाईड्रोपावर, नेशनल हाईड्रोपावर, अरुण काबेली पावर, आँखुखोला जलविद्युत कम्पनी र शिखर इन्स्योरेन्स कम्पनी रहेका छन् ।

कारोबारमा कुथली बुखरी स्मल हाईड्रोपावर कम्पनीको सेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु