उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय बबरमहालमा वृहत नागरिक एकता अभियानले महानिर्देशक अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

पोखरा विमानस्थलबारे सत्यतथ्य छानबिन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्तका लागि र्‍याली आयोजना गरिएको हो ।
र्‍यालीमा सहभागीहरुले पोखरा विमास्थल निर्माणमा भएको भ्रष्टाचार छानबि गर्, पोखरा विमासन्थललाई ऋण पासोबाट मुक्त गरौं लगायतका नारा लगाएका थिए ।

सरकारले चिनियाँ ऋणमा बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमामा करिब २५ अर्ब रुपैयाँ भौतिक संरचना निर्माणमा मात्रै खर्च गरेको छ । विमानसथल बनाउँदा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यो विमानस्थल बनाउने क्रममा धावनमार्ग धसाउन ४० मिटर डाँडा काट्दा राज्यलाई अतिरिक्त आर्थिक भार थपिएको थियो । तर यसरी रनवे धसाएकै कारण विमानस्थल क्षेत्र होचो भएको र त्यसले रनवे डुबानमा पर्ने गरी जोखिमा पारिएको छ ।

यो विमानस्थल बनाउँदा एकातर्फ रनवे धसाएर विमानस्थल डुबानमा पर्ने जोखिम रहेको छ भने अर्कोतर्फ ४० मिटरको डाँडा काटिएको छ। जसका कारण जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाईका)ले करिब ४ अर्ब ३४ करोड रुपैयाँ खर्चर बनाउँदै गरेको खानेपानीको ट्यांकीसमेत भत्काउनुपर्ने अवस्था बनेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन आयोजना प्रमुख तथा हालका महानिर्देशक प्रदीप अधिकारीले ठेकेदार कम्पनीसहित सम्बन्धित एजेन्सीसँगको मिलेमतोमा विमानस्थलको धावनमार्ग धसाइएको हो । सोही कारण ३० मिटर काटे पुग्ने धावनमार्गको पूर्वपट्टिको रिट्टेपानी डाँडा ४० मिटर काट्नुपरेको छ । जसकारण पोखराको कोलपाटनमा बनिसकेको खानेपानीको ट्यांकसमेत भत्काउनुपर्ने भएको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना २०७४/७५ मा सुरु गरी २०७७/७८ मा सम्पन्न गर्दा राज्यलाई ऋण मात्रै २२ अर्ब रुपैयाँमा लागेको छ । विमानस्थल बनाउन चिनियाँ ऋणको उक्त २२ अर्ब मात्रै खर्च गरिने भनिए पनि लागत बढाएर विमानस्थलको संरचना निर्माण भएको छ । यो विमानस्थल सम्पन्न भएर सञ्चालन योग्य बनाउँदासम्म २५ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको सरकारी निकायको प्रतिवेदनमै उल्लेख छ ।

यो विमानस्थल निर्माणको काम २०७९/८० मा सम्पन्न भएर २०८० पुस १६ मा उद्घाटनसमेत भइसकेको छ । तर, विडम्बना यो विमानस्थल सम्पन्न भएर उद्घाटन भएको डेढ वर्षसम्म पनि उडान हुन सकेको छैन ।


क्लिकमान्डु