काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भ्वाङ पर्‍यो, आवागमन रोकियो (तस्बिरहरु)



काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भ्वाङ परेको छ । टुकुचा खोलामाथि बनाइएको सडक भाँसिदा रातिदेखि आवागमन पनि रोकिएको छ ।

काठमाडौं महानगरको कार्यालय- काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको हो । प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ।


क्लिकमान्डु