कोसी प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस



काठमाडौं । देशको पूर्वी भागमा भूकम्पको धक्का महसुस भएको छ।

बिहान ७ बजेर १२ मिनेटमा विराटनगरसहित, झापा, मोरङ लगायत कोशीका विभिन्न स्थानमा धक्का महसुस भएको हो।

४ दशमलव ५ म्याग्नेच्युटको भूकम्पको धक्का मापन गरिएको केन्द्रीय यूरो मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम भएको सेन्टरले जानकारी दिएको छ।


क्लिकमान्डु