आइएमई पेको रिफन्डेबल फिचरबाट हवाई टिकट काट्नेको संख्या बढ्दै



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा वृद्धि भइरहेको छ ।

सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको हो ।

अझै अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आइएमई पे मार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरुलाई ढुक्कले यात्राको लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको छ ।

आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट(रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो संख्याले र उत्साहले अझै सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए ।


क्लिकमान्डु