गभर्नरलाई अर्थमन्त्रीले भने: मौद्रिक नीति राम्रो छ, अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्छ



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । मौद्रिक नीति सार्वजनिक गरेपछि अर्थमन्त्री पौडेललाई भेट्न पुगेका गभर्नर महाप्रसाद अधिकारीलाई पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गरेका हुन् ।

‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ,’ अर्थमन्त्री पौडेललाई उदृत गर्दै उनको सचिवालयले भनेको छ, ‘मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ ।’


क्लिकमान्डु