आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने



काठमाडौं । आरती पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले साउन ३२ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ । सभामा सर्वसाधारणको लागि सेयर निष्काशन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले सभामा वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, संचालक समिति चयन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभामा कम्पनीको सेयर पुँजीको समुहगत वर्गीकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ‘घ’ संसोधन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको नियमालीको नियम २७ बमोजी संचालक समिति चयन गर्ने प्र्रस्ताव रहेको छ । यी प्रस्ताव पारित भएपछि कम्पनीले आईपीओ निष्कासन गर्ने छ । कम्पनीले भोजपुरमा १४‍.५ मेगावाट क्षमताको अपर इर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सभा टोखाको पारिजात पार्टी प्यालेसमा हुनेछ ।


क्लिकमान्डु