२ करोड ५० लाखसम्मको कर्जा रेगुलेटरी रिटेल पोर्टफोलियोमा, ७५% मात्रै जोखिमभार



काठमाडौं । नेपाल राष्ट्र बैंकले सानो कर्जा विस्तार गर्न प्रोत्साहन गरेको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको सीमा बढाइदिएको हो ।

‘२ करोड रुपैयाँसम्मको कर्जा सीमालाई बढाएर २ करोड ५० लाख रुपैयाँ रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ,’ मौद्रिक नीतिमा भनिएको छ ।

गत माघ २९ गते १ करोड रुपैयाँको सीमा रहेको रेगुलेटरी रिटेल पोर्टफोलियोको २ करोड रुपैयाँ पुर्याएको थियो ।

रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना हुने कर्जाको जोखिम भार ७५ प्रतिशतमात्रै हुने भएकाले यी क्षेत्रमा कर्जा विस्तार गर्न बैंकहरु आकर्षित हुनेछन् ।


क्लिकमान्डु