युवकसँग ग्वार्कोको गेष्ट हाउस पुगेकी युवतीको मृत्यु



काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउसमा वेहोस अवस्थामा फेला परेकी युवतीको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-७ ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा शुक्रबार विहान अचेत अवस्थामा फेला परेकी युवतीको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवती गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउस पुगेकी थिइन् ।

बिहान युवती बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनो मृत्यु भएक हो ।

युवतीसँगै रहेका युवकलाई पनि श्वास प्रश्वासमा समस्या आएपछि अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु