बस्‍नैपर्ने विश्‍वका उत्कृष्ट १ सय स्थानमा नेपालको बर्दिया पनि



विश्व प्रसिद्ध टाइम म्यागजिनले ‘द वर्ल्ड्स ग्रेटेस्ट प्लेसेज अफ २०२४’ शीर्षकमा सार्वजनिक गरेको सूचीमा नेपालको बर्दिया पनि परेको छ ।

एजेन्सी । अमेरिकाको विश्वप्रसिद्ध सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको विश्वका बस्नलायक उत्कृष्ट १०० वटा स्थानमा नेपाल पनि परेको छ। म्यागजिनले सन् २०२४ भरको मूल्यांकनका आधारमा सार्वजनिक गरेको सूचीमा नेपालको बर्दिया पनि परेको हो ।

म्यागजिनले ‘द वर्ल्ड्स ग्रेटेस्ट प्लेसेज अफ २०२४’ शीर्षकमा सूची तयार पारेको हो । साथै सहायक शीर्षकको रुपमा लेखिएको छ, ‘खोजीका लागि १ सय असाधारण गन्तव्य’। जसमा नेपालको बर्दिया पनि परेको हो । म्यागजिनको यस अंकको कभर स्टोरी यही विषयमा केन्द्रित छ ।

मयागजिनले कला, प्रकृति, संस्कृति लगायतका विषयका आधारमा यी क्षेत्र छानिएको म्यागजिनले उल्लेख गरेको छ । साथै ती सबै स्थानको मौलिकताबारे पनि म्यागजिनमा चर्चा गरिएको छ।

२०२४ को यो सूची तयार पार्न टाइम म्यागजिनले आफ्ना संवाददाताहरु र योगदानकर्ताहरुको अन्तर्राष्ट्रिय नेटवर्क साथै एक आवेदन प्रक्रियाको माध्यम पनि अपनाएको जनाएको छ । यससँगै होटल क्रुज आकर्षण संग्रहालय पार्क र अन्य धेरै विषयले पनि यी स्थानलाई सूचीकृत गरिएको बताइएको छ ।

यसमा अन्य सांसारिक कला र डिजाइन सामेल छन्। जस्तो कि चीनको अरन्या, सक्रिय यात्रा, साइक्लिङ सफारी आदि परेका छन्।

‘२०२४ को संची संकलन गर्न टाइमले आफ्ना संवाददाताहरु योगदानकर्ताहरुको अन्तर्राष्ट्रिय नेटवर्कबाट आवेदन प्रक्रियाको माध्यमबाट होटल, क्रूज़, रेष्टुरेन्ट, आकर्षण, संग्रहालय, पार्क र अरु धेरै स्थानको नामांकनका लागि अनुरोध गरेका थियौं । जसबाट नयाँ र रोमान्चक अनुभव भयो,’ म्यागजिनमा उल्लेख छ ।

गत वर्ष सर्वजनिक गरिएको लिस्टमा ५० वट सहर छन् । यसपटक भने यसलाई बढाएर १ सयको संख्या पुर्‍याइएको हो । जहाँ नेपालको बर्दियासहित चीनको अरन्या, अन्टार्टिकाको ह्वाइट डेजर्ट, कंगोको कम्बा, मेक्सिकोको आधुनिक एल्डर एकेडेमी लगायत परेका छन्।

बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघ लगायत जंगली जनावरको संख्या बढेको उल्लेख गर्दै भीडको विकल्पमा यो एकान्त गन्तव्यको रुपमा बस्नका लागि उपयुक्त ठाउँ रहेको म्यागजिनमा उल्लेख छ।

‘जेन गुडल इन्स्टिच्युट नेपालका पूर्वनिर्देशक संरक्षणकर्मी मनोज गौतमले खाता वाइलडलाइफ करिडोरमा क्यासिनो होटेलमा परिणत हुनबाट जोगाउन र पर्यटनमा दिगो भविष्यको लागि उदाहरण स्थापित गर्न निजी जग्गा अधिग्रहण गरे,’ रिपोर्टमा उल्लेख छ ।

कर्णाली नदीको दुई च्यानलहरू बीचको किनारमा उत्तम रूपमा बसोबास गर्ने, बुरहान वाइल्डनेस क्याम्पमा आगन्तुकहरूलाई बुसवाक, क्यानो ट्रिप, एन्टी-पोचिङ युनिटसहित वन्यजन्तु ट्र्याकिङ र एसियाटिक हात्तीहरू, एक-सिङ्गे गैँडा, हरिण अवलोकन गर्ने सुविधा पाइने पनि उल्लेख गरिएको छ।

यस्तै संरक्षणकर्मी गौतमको भनाइ पनि रिपोर्टमा उल्लेख छ, ‘केही ग्यारेन्टी नभए पनि तीन रातको बसाइमा नजिकैबाट बाघ देख्ने प्रवल सम्भावना हुन्छ। र यदि देख्नुभएन भने, तपाईंले रातभर बाघको गर्जन सुन्नुहुनेछ ।’

कुन कुन ठाउँ तथा रिसोर्ट छन् सूचीमा ?

मेक्सिको : मोडर्न एल्डर एकेडेमी

अन्टार्कटिका : ह्वाइट डेजर्ट

केन्या : अंगामा अम्बोसेली

इन्डोनेसिया :बेम्बु इन्दाह

पोर्चुगल : बर्मेल्लो होटेल

अष्ट्रेलिया: सन रान्च

कतार : आवर हेबिटास रास अब्रोक

आइसल्यान्ड : हाइल्याण्ड बेस

अमेरिका : स्‍नो पिक लङ बिच क्याम्पफिल्ड

इटाली अनान्तारा कन्भेन्तो दि अमाल्फी ग्रान्ड होटेल

मलेसिया : बेलमन्ड्स इस्टर्न एन्ड ओरेन्टल एक्सप्रेस

इक्वेडर : सिन्ची वाएरा

मेक्सिको :बोका दे अगुवा

अलास्का : कान्तिस्ना रोडहाउस

थाइल्याण्ड : फोर सिजन रिसोर्ट को सामुइ

नेपाल बर्दिया : बुरान वाइल्डरनेस क्याम्प

फ्रान्स ले ग्रान्ड माजारिन

सेन्ट जर्ज : सिल्भर्सान्ड्स बिच हाउस

स्पेन :दुनास दे फोर्मेन्तेरा

साउदी : दार तान्तोरा

इटाली कोटिना दी एम्पेजो

नर्वे : हाभिला पोलाराइज एन्ड हाभिला पोलक्स

अमेरिका: द वे ब्याक

भुटान : साङग्वा क्याम्प

इङल्यान्ड: म्यानचेस्टर

लन्डन :राफेल लन्डन

अमेरिका :अन्डर क्यानभास लेक

एडिनबर्ग :हन्ड्रेड प्रिन्सेस स्ट्रिट

नैरोबी : क्वेतु नैरोबी

अस्ट्रिया : होफे ट्रेल

बोत्सवाना: नेचुरल गाइडेड साइकल सफारी

लस भेगास अमेरिका : फन्टेनेब्लु

अमेरिका : ग्रिनभिल्ले माइन फार्म इन

स्पेन : कासा लुसिया

अस्ट्रेलिया : उकालिना वाक

अल्बानिया : मेलेसिन डिस्टिलरी

बहमास : पोटल्यान्ड क्लब

नेदरल्यान्ड : डे डुर्गेड्राम

अमेरिका : रोयल क्यारेबियन आइकन अफ द सी

गिनी : काइमन हाउस

जर्जिया : कम्युनल कुताइसी

न्युयोर्क : वारेन स्ट्रिट होटेल

दुबइ : वान जाबिल

बोइ हाउस : अबुराज रिसोर्ट्स कलेक्सन

न्युजिल्यान्ड : माउन्ट कुक लेकसाइड रिट्रिट

कोस्टारिका : सिल्भेस्त्रे नोसारा

हम्बर्ग : हार्डरक

अमेरिका : वर्ल्ड इक्वेस्ट्रेन सेन्टर

आइल्यान्ड: स्टोनक्लिफ

अमेरिका : ओम्नी होमस्टिड रिसोर्ट


क्लिकमान्डु