लिलादेवी बनिन् पहिलो महिला मुख्यसचिव



काठमाडौं । सरकारले कायममुकायम मुख्यसचिव लिलादेवी गडतौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेसँगै गड्तौला पहिलो महिला मुख्य सचिव बनेकी छन् ।

यसअघि उनी कामु मुख्यसचिव रहेकी थिइन् ।

गडतौलालाई गत असार ३१ गते सरकारले केपी ओली नेतृत्वकै सरकारले कामु मुख्यसचिव बनाएको थियो । बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि गडतौलालाई कामु मुख्यसचिव बनाइएको थियो ।

त्यसअघि भने उनी निमित्त मुख्यसचिवको जिम्मेवारीमा थिइन् । मुख्यसचिवको रुपमा पनि उनी जम्मा एक महिनाका लागि मात्रै मुख्यसचिवको पदमा रहनेछिन् । आगामी भदौ १४ गते गडतौला उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छिन् ।


क्लिकमान्डु