सेयर बजारमा हरियाली, लगानीकर्ताको ध्यान बैंकमा




काठमाडौं । केही साता बढेर बुधबार घटेको बजार बिहीबार पुन हरियो बनेको छ । आज बजार मापन गर्ने सूचक ३२ अंकले बढेर २५६८.११ बिन्दु कायम भएको छ ।

कारोबारमा लगानीकर्ताको आकर्षण बैंकमा देखिएको छ । ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको सेयर किनेबच भएको छ ।

१४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९६ कम्पनीको घटेको छ । कारोबारमा बैंकमा लगानीकर्ताको आकर्षण धेरै देखिएको छ । बैंकिङ समूहको उपसूचक १९.२६ अंकले बढेको छ भने वित्त कम्पनी ३५.९५, होटल २७.८४, जीवन बिमा ८६.३६, उत्पादन तथा प्रशोधन समूहको ६६.८८, माइक्रोफाइनान्स ३५६.२३, अन्य ३०.३७, निर्जीबन बिमा ३६९.७८ अंकले बढेको छ ।
कारोबारमा जलविद्युत समूहको ३.२७ र विकास बैंक समूहको १७.९५ अंकले घटेको छ ।

कारोबारमा उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त, एशियन हाईड्रोपावर, गणपति लघुवित्त, राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबारमा मितेरी डेभलपमेन्ट बैंक माण्डू हाईड्रोपावर, कालिका पावर, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु