सुन तोलामा २४ सयले घट्यो, अब कति ?



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २ हजार ४ सयले घटेको छ ।

बुधबार प्रतितोला एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ ।

यस्तै, बुधबार प्रतितोला एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।


क्लिकमान्डु