हेटौंडामा पति-पत्‍नी घरभित्रै मृत भेटिए



काठमाडौं । कवानपुरको हेटौंडा उपमहानरपालिकास्थित भैरवरोडमा पति र पत्नी आफ्नै घरमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौंडा वडा नं ५ को भैरवटोल नजिकै लटीनाथ चिसापानीमा एकै घरभित्र श्रीमान र श्रीमति मृत अवस्थामा भेटिएका हुन्।

साँझतिरको यस्तो घटनाबारे जिल्ला प्रहरीले खोजी गरिरहेको छ । मृत्यु हुनेमा ६२ वर्षीय केशव भण्डारी र उनकी श्रीमति ५६ वर्षीय अम्बिका भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा मृत्यु हुनेमध्ये श्रीमान केशव भण्डारी झुण्डिएको अवस्थामा फेला परेका थिए भने उनकी श्रीमति अम्बिका भण्डारीमाथि धारिलो हतियार प्रयोग गरेको देखिन्छ ।


क्लिकमान्डु