सेयर बजारमा करेक्सन, २७.३२ अंकको गिरावट



काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । केही दिनयता लगातार बढेको बजारमा बुधबार भने करेक्सन देखिएको हो ।

२२३ अंक बढेपछी बजारमा करेक्नस आएको हो । नयाँ आर्थिक बर्ष लागेपछि बजारमा पहिलो पटक रातो भएको हो । यसअघी असार ३१ गते १७.१८ अंकले घटेको थियो । त्यसपछि बजारमा २२३ अंकको बढोत्तरी भएको थियो ।

कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म कायमै रह्यो । इन्ट्रा डे कारोबारमा बजार २६ सय बिन्दु पुगेको थियो । त्यसपछि घटेको बजार अन्तिम समयमा २७.३२ अंकले घटेर परिसूचक २५३६.११ बिन्दु कायम भएको छ ।

३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बजार राताम्मे बन्दा पनि बोटलर्स नेपाल ९तराई० र एशियन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु