सौर्य एयरको जहाज दुर्घटनापछि बन्द एयरपोर्ट खुल्यो



काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल खुलेको छ । भर्खरै थाइल्यान्डको बैंककबाट आएको थाइ एयरको जहाज बिमानस्थलमा ल्यान्ड भएको छ ।

यसैबीचमा हिमालयन एयरको जहाज पनि ल्यान्ड हुने क्रममा छ । भिस्तारा एयरको जहाज उड्न ठिक्क परेर बसेको छ । त्यसपछि नयाँ दिल्लीबाट आएको भुटान एयरको पालो छ ।

सौर्यको जहाज बिहान ११ः११ बजे दुर्घटनामा परेपछि बिमानस्थल बन्द थियो ।

यता आन्तरिकतर्फको उडानको टुंगो लागिसकेको छैन ।


क्लिकमान्डु