विमानमा थिए १९ जना, २२ को शव दुर्घटनास्थलमा फेला, क्याप्टेनको केएमसीमा उपचार हुँदै



काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनास्थलबाट २२ जनाको शव निकालिएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले २२ जनाको शव फेला परेको क्लिकमान्डुलाई जानकारी दिए ।

यात्रु सूचीमा १७ जना र चालक दलका दुई सदस्य गरी १९ जना सवार थिए । तर दुर्घटना स्थलमा २२ जनाको शव फेला परेको उनको भनाइ छ । विमानका चालक मनिष शाक्यलाई अस्पताल लगिएको छ भने अन्यको शव फेला परेको हो । यात्रु सूचीमा रहेका बाहेक ३ जना को हुन् भन्नेबारे खोजी भइरहेको पाण्डेले बताए ।

सडक नजिक भएको र विमानस्थलमा निर्माणको काम पनि भइरहेकाले त्यससँग सम्बन्धित कोही भएको हुन सक्ने आशंका गरिएको छ ।

चालक दलका सदस्य र इन्जिनिरसहित कर्मचारी लिएर बुधबार विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडान भर्नासाथ विमान दुर्घटनामा परेको थियो । उड्ना साथ सौर्य एयरको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको हो ।

सौर्यको चार्टर्ड फ्लाइटमा चालक दलका सदस्यसहित १९ यात्रु रहेको विमान गोठाटारपट्टीको भागमा खसेर आगलागी भएको हो।

क्याप्टेन मनिष शाक्यलाई भने उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ ।


क्लिकमान्डु