सौर्य जहाज दुर्घटना: ४ जनाको शव निकालियो, उद्धार जारी



काठमाडौं । चालक दलका सदस्य र इन्जिनिरसहित कर्मचारी लिएर पोखरा उड्ना साथ सौर्य एयरको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको छ ।

१९ यात्रु रहेको विमान गोठाटारपट्टीको भागमा खसेर आगलागी भएको छ ।

दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे विवरण आउने क्रममा छ ।


क्लिकमान्डु